इटहरी : इटहरीमा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यायमा पहुँच पुर्याउन संवेदनशीलता विकासका लागि जिल्लामा कार्यरत न्याय प्रणालीका प्रमुख तथा प्रतिनिधिहरूलाई एक दिवसीय क्षमता अभिवृद्वि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग कोसी प्रदेश कार्यालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा उक्त कार्यशाला राखिएको हो ।
शारीरिक अपाङ्गता, न्यूनदृष्टियुक्त, पूर्णदृष्टिबिहीन अपाङ्गता, बहिरा अपाङ्गता, सुस्त श्रवण अपाङ्गता, श्रवणदृष्टिविहीन अपाङ्गता, न्यायका लागि कार्यशाला, समावेशीता, उपयुक्त अनुकूलता, भाषा, सञ्चार, पहुँचयुक्तता, सहायक सामग्री, स्वर बोलाई अपाङ्गता, मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, हेमोफिलिया अपाङ्गता, अटिजम अपाङ्गता, बहुअपाङ्गता जस्ता विषयमा प्रतिनिधिहरूलाई कार्यशाला आयोजना गरिएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रको स्पेसल यापोटर क्याट लिनाले सन् २०२० मा न्यायमा पहुँचमा प्रतिवेदन कार्यक्रम सञ्चालक कोसी प्रदेश व्यवस्थापक सञ्चालन सरोज नेपालीले प्रस्तुत गरे ।
कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे प्रमुख अतिथि थिइन् । यस्तै, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश प्रमुख पवनकुमार भट्ट, राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष भीमा खतिवडासहित सुनसरी, मोरङ, झापा र उदयपुरका दुई दर्जन बढीको सहभागी थियो ।














Discussion about this post