विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
मुख्यमन्त्री थापाले बिहान साढे १० बजे शपथ लिन लागेका हुन् ।
कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री थापाले आज सानो आकारको मन्त्रीमण्डल समेत विस्तार गर्ने तयारी रहेको छ ।














Discussion about this post