इटहरी : बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा थुनामा परेका इटहरी उपमहानगरपालिका १९ ब्रह्मपुरका लालबहादुर विश्वकर्मा बुधबार रिहाई भएका छन् ।
जिल्ला अदालत सुनसरीको फैसलापछि करिब सात महिना झुम्का कारागारमा रहेका विश्वकर्मालाई मंगलबार उच्च अदालत विराटनगरले सफाई दिएको थियो ।
यससँगै बुधबार दिउँसो उनी कारागारबाट रिहाई भएका हुन् ।
उच्च अदालत विराटनगका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी थुनामुक्त भएका हुन् ।













Discussion about this post