संखुवासभा : संखुवासभा कारागारमा झडप हुँदा दुईजना कैदीबन्दीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटको ककनी ७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका छन् ।
कारागारका जेलर राजेन्द्र घिमिरेका अनुसार आज (बुधबार) बिहान कारागारभित्र झडप हुँदा उनीहरू घाइते भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाय तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।
बिहान करिब २ बजेतिर शौचालयको रड काटेर भाग्ने उद्देश्यले उनीहरू बाहिर निस्किएका थिए । ड्युटीमा खटिएका प्रहरीले देखेपछि उनीहरूलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखे ।
बिहान करिब ५ बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।














Discussion about this post