संखुवासभा : संखुवासभा कारागारमा दुई जना कैदीको शंकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि १० जना प्रहरी नै पक्राउ परेका छन्। पक्राउ पर्नेमा असईसहित १० जना प्रहरी छन्।
संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत्यु भएको थियो।
उनीहरूको कुटपिटबाट मृत्यु भएको प्रारम्भीक निष्कर्ष प्रहरीको छ।
पक्राउ परेकाहरू कारागार सुरक्षामा खटिएकाहरू हुन्। यो घटनाको अनुसन्धानका लागि कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी उपरीक्षक ऋषिराम कँडेल नेतृत्वमा अनुसन्धान टोली खटिएको छ।
कँडेल नेतृत्वको अनुसन्धान टोलीमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्।उक्त टोली बिहीबार संखुवासभा पुगेर अनुसन्धान सुरु गरिसकेको छ।














Discussion about this post