पाँचथर : पाँचथरको फिदिम नगरपालिका ११ फेवादिनस्थितमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार (आज) बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउँदै गरेको प्रदेश १–०३–००१ प ५२७१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ७० वर्षीय हेमकुमार कार्की र निजकै श्रीमती ६५ वर्षीय मायादेवी कार्की घाइते भएका थिए ।
घाइते उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा मायादेवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post