सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचामा भारतीय युवाको शव फेला परेपछि हत्या भएको आशंका गरिएको छ ।
सुन्दरहरैँचा नगरपालिका १२ मा भारतीय युवाको शव शंकास्पद अवस्थामा भेटिएको हो ।
भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो १२ः३० बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
शव फेला परेसँगै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।













Discussion about this post