विराटनगर : कोसी प्रदेशसभाको बैठक शुक्रबार (आज) बस्दै छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकको तीन वटा कार्यसूची निर्धारण गरिएको छ । गठबन्धन दलबाट नेपाली कांग्रेसका उद्वव थापा मुख्यमन्त्री बनेपछि पहिलोपटक प्रदेशसभा बैठक बस्न लागिएको हो ।
बैठकमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने र प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०।८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृत गर्ने सम्बन्धमा परेको सूचनामा छलफल भई अध्यादेश सम्बन्धमा निर्णय हुने तयारी छ ।
प्रदेशसभाको बैठक गत असार १५ गतेदेखि स्थगित छ ।














Discussion about this post