उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १३ भातीखर्क घर भई वडा नं. ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जंगलमा घाँस काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई घाँस काट्न गएकी ३५ वर्षीया अनिता खड्काको रुखमा चढ्ने क्रममा हाँगा भाँचिएर लड्दा मृत्यु भएको हो ।
रुखबाट लडेर घाइते भएकी उनको स्थानीयबासीले उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post