रामधुनी : सुनसरीको रामधुनी नगरपालिका १ हनुमान मन्दिर स्थितबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनीमा स्थानीय विक्रम चौधौरीले सञ्चालन गरेको थारु कटेजमा खाजा खाएर तिर्न खोज्दा नक्कली नोट दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय रोशन चौधरी रहेका छन् ।
उनले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले पाँच सय दरका ३५ वटा नक्कली नोटसहित चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post