तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सुङनाममा लडेर एकजनाको मृत्यु भएको छ ।
बोरामा आलु लिएर घरतर्फ जाँदै गरेका ४८ वर्षीय पदमबहादुर लिम्बूको बिहीबार अपराह्न लडेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
उनका अनुसार चिप्लिएर सडकबाट करिब ८ फिट तल खोलामा झरेको अवस्थामा लिम्बूको शव फेला परेको हो ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post