दमक : झापाको दमक नगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटरमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।
यसको कार्यन्वनका लागि अनुगमन पनि सुरु गरिने र अटेर गर्नेलाई कारबाही गरिने सार्वजनिक सूचनामार्फत नगरपालिकाले जनाएको छ ।
दमक नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज निरौलाका अनुसार शैक्षिक संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायतका आसपासको क्षेत्रमा पनि मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्नका लागि सचेत गराइएको छ ।
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको उहाँले जानकारी दिए ।
सूचनाविपरीत मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले बताए ।














Discussion about this post