इटहरी : सुनसरीमा नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर ‘वीपी सप्ताह’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कांग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) ले वीपी जयन्तीको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो ।
सभापति सुवेक्छु देवानका अनुसार पहिलो कार्यक्रम भदौ १६ गते शनिबार ‘कांग्रेस रन’ गर्दैै उद्घाटन गरिनेछ ।
यस्तै, दोस्रो कार्यक्रम भदौ २० गते बुधबार ‘वीपी साहित्य सन्ध्या’ कार्यक्रमको आयोजना गरिने देवानले बताए । उनका अनुसार २२ गते शुक्रबार ‘वृक्षारोपण’ र २४ गते आइतबार ‘अन्तर क्याम्पस वक्तृत्वकला’ प्रतियोगितासहित कार्यक्रम समापन गरिनेछ ।
‘अघिल्ला वर्षहरूभन्दा पृथक किसिमले यस वर्ष वीपीलाई स्मरण गर्नेगरी यो किसिमको कार्यक्रम आयोजना गर्न लागिएको हो,’ सभापति देवानले भने, ‘राजनीतिसँगै साहित्यमा पनि अनेक योगदान पु¥याएका वीपीको चर्चा र बहसभन्दापनि उनलाई हामीले रचनात्मक हिसाबमा सम्झनुपर्छ भनेर यो खाले कार्यक्रम आयोजना गर्ने तयारी छ ।’
उनले कार्यक्रम सफल पार्न राजनीतिक दल, विद्यार्थी संगठनसहित सबै बुद्विजीवीहरूसँग अनुरोध गरे ।
देवानले भने, ‘हामीले इटहरीका साहित्यकारहरूलाई आमन्त्रण गरी उहाँहरूका कविता, गजल, गीत तथा आफ्ना रचना श्रवण गर्नेछौँ, यसैलेपनि यो कार्यक्रम कांग्रेसको मात्रै नभई आम मानिसको हो भन्ने अनुभूत गर्नुपर्छ ।’














Discussion about this post