इटहरी : इटहरी उपमहानगरपालिकाले जनता बहुमुखी क्याम्पसलाई एउटा कलेज बस दिने भएको छ ।
इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसलाई उपमहानगरले कलेज बस दिने भएको हो ।
यस्तै, उपमहानगरपालिकाले नियमित रूपमा प्रदान गर्ने शैक्षिक अनुदानमा क्याम्पसलाई पनि अनुदान दिने प्रतिबद्धता जनाएको छ ।
क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिले बुधबार (आज) मेयर हेमकर्ण पौडेललाई भेट गर्दै शैक्षिक सहयोगका लागि माग पत्र पेस गरेको थियो । क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसीले मेयर पौडेललाई माग पत्र बुझाएका थिए ।
क्याम्पस प्रशासनले माग गरेअनुसार उपमहानगरपालिकाले एउटा कलेज बस दिने घोषणा गरेको क्याम्पसका अध्यक्ष केसीले जानकारी दिए ।
उनले भने, ‘हामीले लामो समयदेखि आर्थिक घाटा व्यर्होदै कलेज बस सञ्चालन गरी रहेकाले २ वटा बस माग गरेका थियौँ । मेयर सावले एउटा बस किनिदिने घोषणा गर्नुभयो ।’
यस्तै, मेयर पौडेलले कलेज जाने बाटोमा पर्ने कल्भर्ट निर्माणका लागि १८ लाख बजेट दिने, क्याम्पसभित्र ब्लक लगाइदिने र बाटोमा तत्काल २० टिपर गिटी हालेर बाटो बनादिने घोषणा गरेका छन् ।














Discussion about this post