Tuesday, July 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरीमा ‘कांग्रेस रन’ कार्यक्रम गर्दै वीपी सप्ताह सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८०
in खेलकुद, समाचार
0
इटहरीमा ‘कांग्रेस रन’ कार्यक्रम गर्दै वीपी सप्ताह सुरु
115
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा वीपी सप्ताह कार्यक्रम सुरु भएको छ ।

शनिबार (आज) इटहरीमा कांग्रेस रन गर्दै वीपी सप्ताहको उद्घाटन गरिएको हो ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) द्वारा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै वीपीले नेपाली राजनीति र साहित्य क्षेत्रमा पु¥याएको योगदान जीवन्त रहने बताए ।

वीपीको योगदान नेपाली राजनीति र साहित्यमा जीवन्त रहने बताउँदै जति व्याख्या गरेपनि अपूर्ण हुने ढु्ंगानाले बताए ।

‘यसरी रनिङ कार्यक्रमको आयोजना गरेर पनि वीपीलाई स्मरण गर्र्नु अत्यन्त उदाहरणीय कुरा हो,’ उनले भने, ‘युवाहरूलाई खेलकुद, स्वास्थ्य र राजनीतिमा जोड्नका निम्ति यो किसिमको कार्यक्रम गर्दा खुशी लागेको छ ।’

कांग्रेस रनमा कूल ५८८ जना धावक सहभागी थिए । पूर्वको इटहरी, धरान, विराटनगरसहित विभिन्न स्थानका धावकहरू सहभागी थिए ।

५ किलोमिटरको दौडमा पुरुषतर्फ राजन मेन्याङ्बो प्रथम, दीपेश तामाङ द्वितीय र प्रशान्त तामाङ तृतीय भए ।

यस्तै, महिलातर्फ इन्द्रकला नेङ्वाङ प्रथम, छेन्मिमाया राई द्वितीय र कल्पना राई तृतीय भए । उनीहरूलाई क्रमशः नगद १० हजार, आठ हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) का सभापति सुवेक्छु देवान राईले बताए ।

उनकाअनुसार मानसिक र शारीरिक स्वास्थ्यको जनचेतनाको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

‘बढ्दो सहरीकरणले मानिसलाई हरेक दिन तनाव थपिरहेको छ,’ उनले भने, ‘युवाहरूमा थपिएको तनावको जस, अपजस सबै राजनीतिक दलले लिनुपर्छ । यसैले राजनीतिक दलको विकल्प, राजनीनितक दल नै हो भन्ने बुझाउन पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’

उनले पछिल्लो समय युवाहरूमा बढ्दो राजनीतिक वितृष्णालाई खेलकुद र स्वास्थ्यसँग जोड्नका निम्ति र राजनीतिक दल नै देशमा विकल्प रहेको बुझाउन यो किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

कांग्रेस प्रदेश प्रतिनिधि सुमित थापाको संयोजकत्वमा भएको कार्यक्रममा पार्टी प्रदेश सदस्य भीमबहादुर पौडेल, दामोदार दाहा, केशव भट्टराई, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका केदार भण्डारी, इटहरीका मेयर हेमकर्ण पौडेल, पूर्व राज्यमन्त्री सीताराम मेहता, जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष तथा कांग्रेस इटहरीका नेता विकास केसी लगायतले बोलेका थिए ।

वीपी सप्ताह कार्यक्रमको पहिलो दिन कांग्रेस रन, भदौ १९ गते मंगलबार वीपी साहित्य सन्ध्या, २२ गते शुक्रबार वृक्षारोपण र २४ गते आइतबार वक्तित्वकला प्रतियोगिता गर्दै समापन गरिने सचिव चिन्तामणी सापकोटाले जानकारी दिए ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसराजीव ढुंगानावीपी कोइरालासुवेक्छु देवान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    435 shares
    Share 174 Tweet 109

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.