इटहरी : इटहरी उपमहानगरपालिकाले आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन प्रतिबन्ध लगाउने भएको छ ।
इटहरीमा सिटी सफारीहरूका कारण हरेक दिनजसो दुर्घटना निम्तिएको भन्दै उपमहानगरले मुख्य राजमार्गमा सिटी सफारी चलाउन प्रतिबन्ध लगाउने निर्णय भएको मेयर हेमकर्ण पौडेलले बताए ।
‘अबदेखि सिटी सफारीहरुले मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन्’ उनले भने।
इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालयबीच सहमति गरेर निर्णय भएको उनले जानकारी दिए ।
उपमहानगरपालिकाले इटहरीबासीको मात्र सफारी दर्ता प्रक्रिया गर्नेसमेत निर्णय भएको छ ।
अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ । अब इटहरीमा अन्य पालिकाको सफारीहरू यात्रु पर्खेर बस्न पाउने छैनन् ।














Discussion about this post