Saturday, October 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराँती

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८०
in समाचार
0
‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराँती
95
SHARES
Share on FacebookShare on Twitter

विराटनगर  : ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ बेलबारी ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ।

माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी जनताबाट सुझाव संकलन गर्न भन्दै तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गर्छन् ।

विगतमा सरकारमा पुर्याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किरातीले अब सरकारले गर्नुपर्ने कामहरु पनि जनताकै सुझाव आधारमा हुनुपर्ने बताउँछन् ।

सुझाव पत्र बाड्दै मन्त्री किरातीले भने, ‘चुनावको बेला हामीले तपाईहरुसँग भोट दिनुहोस, सरकारमा पुगेर सेवा गर्छौ भनेका थियौ । तपाईहरुले भोट दिनुभयो, हामी सरकारमा पुगेका छौं, मन्त्री भएका छौ । अब तपाईहरुले भन्नु पर्यो, लिखित रुपमा भन्नु पर्यो हामीले के गर्नु पर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईहरुको सुझाव अनुसार नै काम गर्ने छौं ।’

काठमाडौंबाटै सुझाव संकलनका लागि सुझाव पत्र नै लिएर कार्यक्षेत्र पुगेका उनले मुख्यगरी तीन विषयमा सुझाव संकलन गर्न खोजेका छन् । मन्त्री किरातीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी भ्रष्टाचार विरुद्धको अभियानबारे जनताको धारणा र सुशानको सन्दर्भमा सरकारले गर्नुपर्ने बाँकी कामबारे पहिलो बुँदामार्फत सुझाव संकलन गर्न खोजेका छन् ।

‘भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले माओवादी नेतृत्वको सरकारको कामको जनताबाट समीक्षा गर्ने कोसिस गरेका छन् ।

उनले सुभलाव पत्रमार्फत आफू नेतत्वको मन्त्रालय सँगै अन्य विकासे मन्त्रालयहरुले गरिरहेको काम र गर्नुपर्ने कामको विषयमा समेत जनतासँग समीक्षा र सुझाव मागेका छन् । सुझावका प्रश्नहरुको २ नम्बर बुँदामा लेखेको छन्, ‘हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, उड्डयन, सडक, जलविद्युत लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?’

त्यसैगरी, तेस्रो बुँदामार्फत मन्त्री किरातीले नेपालका राजनीतिक दल र आफ्नो पार्टीको अवस्थाबारे जनतासँग सुझाव लिने प्रयास गरेका छन् । उनले जनतासँग भनेका छन्, ‘नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भुमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?’

टोलका सबै जनतासँग सुझाव लिने, चोक चोकबाट संकलन गर्ने

अभियानका क्रममा करिव पाँच हजार जनतासँग सुझाव लिने मन्त्री किरातीको योजना छ । किरातीको जिम्मेजारी परेको बेलबारी नगरको ३ नम्बर वडामा पाँच हजार भन्दा धेरै मतदान छन् ।

सुझावहरु संकलन गर्न तयार पारिएको सुझवा पत्रमा उत्तर लेख्न खाली ठाउँ राखिएको छ । मन्त्री किरातीका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताले उक्त सुझाव पत्र हरेक जनताको हातमा पुर्याउने छन् । र, जनताले सोही पत्रमा सुझाव लेख्ने छन् । जनताले लेखेको सुझाव संकलन गर्न मन्त्री किराती आफै वडाको चोक चोकमा पुग्ने छन् ।

जनतासँग लिएको सुझावलाई केन्द्रीत गरेर सार्वजनिक गर्दै प्राथमिकीकरणका आधारमा कार्यन्वयन गर्ने मन्त्री किरातीको योजना रहको छ । उनले भने, ‘त्यसै सुझाव लिन लागिएको होइन । हामी चाच्चिकै जनताको चाहना अनुसार काम गर्छौ । उहाँहरुले दिनु भएको

सुझावलाई प्राथमिकीकणरका आधारमा कार्यन्वयन गर्ने योजना छ ।’
शनिबारदेखि देशैभर माओवादीको अभियान सुरु भएको छ । सबै वडामा औपचारिक कार्यक्रम गरेर अभियान प्रारम्भ भएको जानकारी गराइएको छ ।

अभियान प्रारम्भ हुनु अघि नै धेरै नेता तोकिएका वडामा पुगेर जनतासँग पुरानै शैलीमा भेटघाटमा व्यस्त छन् । तर, जनतासँग लिखित रुपमै सुझाव माग्ने काम कम्तिमा पनि माओादीका लागि पहिलो र नौलो अभ्यास हो ।

यसअघि पनि माओवादीले विभिन्न चरणमा अभियान सञ्चालन गरेको थियो । माओवादीका नेता कार्यकर्ता हुल बाँधेर देउसी खेले झै जनताको घर पुगेर फर्कन्थे । मन्त्री किरातील भने, ‘विगतमा मैले पनि त्यसै गरेका थिए तर अब त्यसो गरेर हुँदैन । जनतासँग स्वार्थी काम गरेर हुँदैन । जनताको कुरा सुनेर जनताकै लागि काम गर्नु नै सबैभन्दा राम्रो काम हो ।’

प्रचण्ड सरकारको क्रियाशील मन्त्रीको छवि बनाएका मन्त्री किराती १६ गते विहानैदेखि भेटघाट तथा सामाजिक कार्यमा जुटेका थिए । उनले यसअघिका शनिबारमा पनि सरसफाइ तथा वृक्षरोपणमा जुट्दै आएका छन् । यो शनिबार पनि मन्त्री किरातीले बेलबारी पुगेर पनि बेलबारी बहुमुखी क्याक्पस लगात धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा बिहानै वृक्षरोपण गरे । बिहान वृक्षरोपणमा जुटेका मन्त्री किराती दिउँसो अभियान घोषणा कार्यक्रममा सहभागी भए ।

मन्त्री किरातीले सुझाव संकलनका लागि तयार पारेका प्रश्नहरू

१. देशको लागि भ्रष्टाचार एउटा महारोग बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कठोर र साहसिक काम सुरु गरेको छ । यो काममा राम्रो पक्ष र कमिकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?

२. हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, हवाइजहाड (उड्डयन) सडक, जलविद्युत् लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?

३. नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?

Tags: माओवादी केन्द्रसुदन किराँती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
FEATURE BREAKING

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

विराटनगर : कोशी प्रदेशमा नेपालीबाहेकका भाषालाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था आगामी कात्तिक २५ गतेदेखि कार्यान्वयनमा आउने भएको...

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती
विविध

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८३
0

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच...

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३
फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

फर्किइनन् मर्निङ वाकमा हिँडेकी लक्ष्मीमाया राई, बोलेरोको ठक्करबाट निधन

कार्तिक १२, २०८३
उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

उदयपुरमा मङ्सिर १७ देखि तेस्रो कोशी प्रदेश महोत्सव हुने

कार्तिक १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

जग्गा दाताले नै बाटाे बन्द गरिदिएपछि विद्यालय आवागमनमा अवराेध

कार्तिक १३, २०८३
जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ

कार्तिक १३, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.