रामधुनी : सुनसरीको रामधुनी नगरपालिका २ त्रित्रिवनमा पानीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु भएको छ ।
स्थानीय गुलुम मन्सुरका एक वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
नाबालकको जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post