इटहरी : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेम्वाङका छोराहरू विदेश (बेलायत र अस्ट्रेलिया)मा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी छ।
‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकपछि पर्यटनमन्त्री सुदन किराँतीले भने, ‘संविधान निर्माण प्रक्रियामा खेल्नुभएको भूमिकालाई सम्मान गर्दै उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ।’
उनको गएराति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।














Discussion about this post