दुहबी : सुनसरीको दुहबीका एक युवक नक्कली नोट मुद्रा सम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटीएको प्रहरी टोलीले अदालतबाट मिति २०७९।०९।०५ गतेको फैसला आदेशले कैद र जरिवाना फैसला गरेको फरार प्रतिवादी युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुहबी ५ वस्ने ३० वर्षीय कौशल दाहाल रहेका छन् ।
उनलाई शुक्रबार (आज) सुनसरी जिल्ला अदालतमा पेश गरेर अदालतबाट फैसला कार्यन्वयनको लागि झुम्का कारागार पठाएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।













Discussion about this post