इटहरी : सुनसरीमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
सुनसरीको कोसी गाउँपालिका ३ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३७५७ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट भोक्राहा ३ बस्ने ५० वर्षीय देवनारायण यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक झापाको मेचीनगर ७ बस्ने ४५ वर्षीय मेघनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post