Sunday, May 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुरमा : सडक सञ्जालले ग्रामीण जनजीवनमा सहजता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८०
in समाचार
0
80
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो ।

पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको टेम्केमैयुङ–५ मझौलेका ९८ वर्षीय स्थानीय वृद्ध बेनीबहादुर विष्टले बताए । आफू युवा हुँदा भोटबाट नुन, चामल, मट्टितेल २२ दिनसम्म ढाकरमा बोकेर ल्याउनुपर्ने अवस्था रहेकामा अहिले घरमा ट्रयाक्टरले सामग्री बोकेर ल्याउने गरेको उनले बताए । सडक विस्तारले नयाँ पुस्ताको दुःखका दिनको अन्त्य भएको उनको भनाइ छ ।

“हाम्रो पालामा गाउँमा सडक विस्तार होला, बस चढिएला भन्ने मलाई लागेको थिएन”, उनले भने “भोटबाट २२ दिनसम्म पिठ्यूँमा बोकेर ल्याएर नुनतेल खान्थ्यौं । त्यो समयमा धेरै दुःख थियो । अहिले घरको करेसामा बाटो छ । सडक विस्तारले हामीलाई सहज बनाएको छ ।” त्यो समयमामा धरान चतरामा समेत नुनतेल नपाउने भएकाले भोट पुग्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

सदरमुकामबाट जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटै स्थानीय तहमा कच्ची भए पनि सडक विस्तार भएपछि दैनिक आवतजावतसँगै खाद्य सामग्री ढुवानीमा सहज भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी टङ्कप्रसाद घिमिरेले बताए । सडक विस्तारपछि मानिसले ढाकर, डोको बोकेर हप्तौँ लगाएर सामग्री ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

“सडक विस्तारले ग्रामीण जीवनमा सहजता थपिएको छ”, उनले भने, “अहिले खाद्य सामग्री बोकेर हिँड्न पर्दैन । सहजरूपमा गाउँघरमा पाउने अवस्था छ । सडकका कारण यहाँका कृषि उपज बाह्य बजारमा जान थालेको अवस्था छ ।”

विशेष गरेर भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि भोजपुरको विकासले अग्रता लिएको हो । आजभन्दा करिब दश वर्ष अगाडि अरुण नदीमा पुल बनेपछि भोजपुरवासीले यातायातको सहज पहुँच पाएका हुन् । त्यसबेला भोजपुर खण्डमा कच्ची बाटोको ट्रयाक खोलिएको थियो । धनकुटामा सडक विस्तार भएको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको स्थानीय जानकार गणेश श्रेष्ठले बताए । यहाँ २०५६ सालबाट सडक खन्न सुरु भएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना (र्याप) अन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्रयाक खोलिएको उनले बताए । विसं २०६५ असार २६ गते भोजपुर जिल्लामा नेपाली सेनाको हेलिकोप्टरले बोकेर पहिलोपटक टुँडिखेलमा महेन्द्र जीप ओरालेको उनले जानकारी दिए ।

“भोजपुरमा सडक विस्तार भएको धेरै लामो समयमा भएको छैन”, श्रेष्ठले भने, “छिमेकी जिल्ला धनकुटामा कालोपत्र सडक बनेको ३० वर्षपछि भोजपुरमा सडक विस्तार थालिएको हो । तर अहिले भोजपुरका सबै क्षेत्रमा सडक विस्तार भएको छ । सडकले दैनिकीमा समेत परिवर्तन ल्याएको छ ।”

एसियाली विकास बैंकको लगानीमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडक जिल्लामा कालोपत्र भएको पहिलो सडक पनि हो । भोजपुरको लेगुवा, धनकुटा हुँदै धरान जोड्ने यो सडकको कुल लम्बाइ करिब एक सय ५४ किलोमिटर छ । अहिले सुविधायुक्त बस भोजपुरबाट दैनिक काठमाडौँ, विराटनगर, धरानलगायत सहरका लागि छुट्ने गरेका छन् ।

यो सडक विस्तारपछि भोजपुरमा विकासले फड्को मारेको हो । भोजपुरलाई काठमाडौँसम्मको छोटो दूरीमा जोड्ने देउराली चोक–चखेवा भञ्ज्याङ ४२ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । यो सडकले पनि स्थानीयमा सहजता थपिएको छ । जिल्लामा पछिल्लो समयमा सडक विस्तारले तीव्रता पाएको छ । सडकका कारण यहाँ उत्पादन भएको कृषि उपज देशका ठूला सहरमा पुग्न थालेको छ ।

Tags: #भोजपुर#रासस#सडक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    481 shares
    Share 192 Tweet 120
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.