इटहरी : लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका एक पुरुषसहित दुई छन् ।
विराटनगर महानगरपालिका १५ स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका १२ का ४० वर्षीय सुशील कुमार साह र चितवनको भरतपुर महानगरपालिका १ का ३२ वर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र नगद १० हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post