इटहरी : कोसी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आव्हान भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आव्हान भएको हो ।
‘कोसी प्रदेश मन्त्रिपरिषदको मिति २०८०।०६।११ गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोसी प्रदेशसभाको चौथो अधिवेशन आव्हान गरेका हुन् ।
प्रदेश प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अधिवेशनबारे जानकारी गराएका हुन् ।
यसअघि भदौ ६ गते कोसी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालीन मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिएपछि अन्त्य भएको थियो ।














Discussion about this post