विराटनगर : नेकपा एमाले कोसी प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरू गरिएको छ । आज (सोमबार) दिउँसो १ बजेदेखि मतगणना हुने भनिएपनि ५ घण्टापछि गणना थालिएको हो ।
निर्वाचन कमिटीका प्रमुख चुडामणि आचार्यका अनुसार कुल मतदाता ९९७ मध्ये ९७७ जनाले मतदान गरेका छन् । मतदानमा २० जना प्रतिनिधि अनुपस्थित थिए । मतगणनाका लागि अध्यक्ष उम्मेद्वारले १०–१० जना प्रतिनिधि राख्न पाउनेछन् ।
शुक्रबारदेखि विराटनगरमा जारी एमाले कोशीको प्रथम अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ ।
उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भएका छन् ।
७३ जना निर्विरोध भएपछि १४२ पदका लागि ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् ।














Discussion about this post