विराटनगर : कोसी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ।
मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन दिउँसो १ बजे सुरु हुनेछ ।
प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा अधिवेशनका लागि सिफारिस गरेको थियो ।
प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।














Discussion about this post