इटहरी : सुनसरीको गढी गाउँपालिका ५ थलाहास्थित औराबनिमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार महिलाको मृत्यु भएको छ ।
को १ त ४८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार ४० वर्षीय प्रमिलादेवी मण्डलको मृत्यु भएको हो ।
घाइते भएकी उनको उपचारको क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक सुनसरी गाउपालिका ६ बस्ने ५० वर्षीय ब्रह्रम देव मण्डल र चालकको छोरा १८ वर्षीय शिवकुमार मण्डलको अवस्था सामान्य रहेको छ ।
मृतक प्रमिलादेवी चालक देवकी श्रीमती रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post