मोरङ : मोरङको सुनवर्षी नगरपालिका ८ सिक्टी चोकबाट प्रहरीले प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ ।
सुनवर्षी नगरपालिका ९ का ५० वर्षीय मित्रबहादुर राईलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
राईले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ३ प ९९०१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रङ्गेली मातहत प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकलको लेगार्डमा बोरामा राखी ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
राईको साथबाट ट्राम डोल ७ हजार २ सय ८० थान ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई प्रहरीले आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको छ ।













Discussion about this post