विराटनगर : प्रदेश संरचना खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा शनिबार (आज) प्रदेश खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो ।
सचेत नागरिक अभियानले मोटरसाइकल र्याली निकाल्दै प्रदेश खारेजको माग उठाएको हो । विराटनगरको कञ्चनबारीबाट सुरु भएको र्यालीले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रदेश संरचनाले मुलुकलाई भार परेको बताउँदै प्रदर्शनकारीहरूले देशमा महँगी र कालोबजारी नियन्त्रण हुनुपर्ने, धार्मिक सहिष्णुता कायम गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने, राजनीतिक अपराध बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेलगायतका नारा लगाएका थिए ।














Discussion about this post