विराटनगर : भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजासहित विराटनगरबाट आइतबार (आज) दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ का २५ वर्षीय विवेक राय र २२ वर्षीय सुरज राय छन् ।
मोरङ प्रहरी प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पैदल रहेका दुवै जनालाई विराटनगर–१४ बाट पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले पक्राउ गरेकाको साथबाट छ किलो ६० ग्राम गाँजा बरामद भएको छ ।
बोरामा प्याक गरी काँधमा बोकेर नेपालबाट भारततर्फ गाँजा लैजाँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको डीएसपी दाहालले जानकारी दिए ।
शंका लागेर प्रहरीले खानतलासी गर्दा बोराभित्र गाँजा फेला परेको थियो । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।














Discussion about this post