इटहरी : विराटनगर १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध ब्राउनसुगरसहित इटहरीका एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ४ का ३७ वर्षीय प्रदीप यादव रहेका छन् ।
भारतको जोगवनीबाट ब्राउनसुगर लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले यादवलाई पक्राउ गरेको हो ।
पैदल रहेका यादवलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ९० मिलिग्राम ब्राउनसुगर बरामद भएको मोरङ प्रहरीका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेको छ । पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post