मोरङ : कर्मचारीहरूले संघीय निजामती सेवा विधेयक जारी गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
कोसी प्रदेशसहित विभिन्न प्रदेशका स्थानीय तहका कर्मचारीहरूले आइतबार १० बजेदेखि १२ बजेसम्म पेन डाउन गर्ने तथा सोमबार र मंगलबार कार्यालयबाट अत्यावश्यक काम बाहेकको सेवासुविधा बन्द गर्ने भन्दै आफ्नै कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने उनीहरुको मागसहित कर्मचारीहरूले काठमाडौं गएर आन्दोलन गर्ने तयारी समेत गरिरहेको र कार्यालयका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएको बताइएको छ ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन तत्काल जारी गरिनुपर्ने, संघ, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागू गरिनुपर्नेलगायतका माग राख्दै विरोध गरिएको हो ।














Discussion about this post