Monday, September 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा अस्पतालबाटै शिशु बिक्री प्रकरण : डाक्टरसहित तीनजना कारागार चलान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २५, २०८०
in समाचार
0
विराटनगरको अस्पतालबाट शिशु बिक्री गरिएको घटनामा ६ जनाविरुद्व मुद्दा दर्ता
161
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालबाट शिशु बिक्री गरिएको घटनासँग सम्बन्धित मुद्दामा ३ जना कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले बुधबार चिकित्सकसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले अन्य ३ जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । शिशु बिक्री घटनामा विराटनगर–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गरेर लैजाने मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका ३० वर्षीय सूर्यनारायण राजवंशीलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

आदेशपछि तीनै जनालाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए । अभियुक्तमध्ये सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, मोरङको कटहरी–२ की ३३ वर्षीया सुधा भनिने शुक्री राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई धरौटी रकम लिएर छाड्न अदालतले आदेश दिएको सुवेदीको भनाइ छ ।

उनका अनुसार शुक्रीसँग २ लाख, निर्मलासँग १ लाख र दिलमनीदेवीसँग १० हजार रूपैयाँ धरौटी माग गरिएको छ । तीनै जना धरौटीवापतको रकम बुझाएर छुटेको जानकारी सूचना अधिकारी सुवेदीले दिए । जिल्ला सरकारी वकिल कार्यालय मोरङले ६ जनालाई अभियुक्त बनाएर अपहरण तथा व्यक्ति बेपत्ता पार्ने कसूरमा सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।

अभियुक्तमध्ये डा. तपेश्वर र गोविन्दलाई भदौ १ गते तथा अरुलाई भदौ ५ गते पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । प्रहरीले अभियुक्तविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूर, मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर, वकिल कार्यालयले मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाएन । अपहरण र व्यक्ति बेपत्ता पारेको कसूरमा मात्रै मुद्दा चलायो ।

अनुसन्धानबाट खुलेको तथ्यविपरीत र अनुसन्धान नै नभएको शीर्षकमा मुद्दाको अभियोजन भएपछि वकिल कार्यालयको भूमिका शंकास्पद एवं विवादास्पद देखिएको छ । कानुनका जानकारहरु अभियुक्तलाई सजायबाट उन्मुक्ति मिल्ने गरी बदनियतपूर्ण तरिकाले अभियोजन गरिएको बताउँछन् ।

अभियुक्तलाई उन्मुक्ति मिल्ने गरी भएको मुद्दाको अभियोजनमा ठूलो आर्थिक चलखेल भएको आरोप लाग्दै आएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरेपनि वकिल कार्यालयले अस्पतालका सञ्चालक कृष्णकुमार खवासविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरेको थियो ।

अदालतको आदेशबाट कारागार चलान भएका गोविन्द राईसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी २६ वर्षीया अविवाहित युवतीले असार १४ गते शिशु (छोरी) जन्माएकी थिइन् । बिहे गर्ने प्रलोभन देखाएर गर्भवती बनाएपछि गोविन्दले युवतीलाई बच्चा जन्माउने भनेर विराटनगर ल्याएको अनुसन्धानबाट खुलेको छ ।

३५ हजार रूपैयाँमा कुरा मिलेपछि डा. तपेश्वरले गर्भवती युवतीलाई ग्रीनक्रस अस्पताल लगेर प्रसूति गराएका थिए । ‘नर्मल डेलिभरी’मार्फत छोरी जन्माए पनि युवतीले लैजान पाइनन् । अस्पतालले बिदा दिएपछि युवतीलाई प्रेमी गोविन्दले सुनसरीको इटहरी लिएर गएका थिए ।

इटहरी लगेर होटलमा राखेपछि गोविन्दले छाडेर हिँडेको र जीवितै जन्माएको बच्चासमेत साथमा नभएको भनेर युवतीले साउन ३२ गते मोरङ प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । अनुसन्धानबाट डा. तपेश्वरले निःशन्तान दम्पतीलाई ५ लाख रूपैयाँ शिशु बिक्री गरेको पत्ता लागेको छ । गायव पारिएको ५४ दिनपछि प्रहरीले शिशुलाई मोरङको कटहरी–२ आदर्श टोलबाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो ।

जन्मनासाथ अस्पतालबाटै गायव पारिएको शिशुलाई दिलमनीदेवीको घरमा फेला पारिएको हो । दिलमनीदेवीका छोरा सूर्यनारायणको बिहे भएको १० वर्षसम्म पनि सन्तान भएका थिएनन् । अविवाहित युवतीले बच्चा जन्माएको खबर पाउनसाथ अस्पताल आएका आमा दिलमनीदेवी र छोरा सूर्यनारायणले ५ लाखमा शिशु किनेर लगेको अनुसन्धानबाट यकिन भएको छ ।

शिशुकी आमालाई थाहै नदिइकन उनका प्रेमी अर्थात बच्चाका बाबु (गोविन्द) र चिकित्सक (डा. तपेश्वर)समेतको मिलेमतोमा बच्चा बिक्री गरिएको पत्ता लागेको हो । तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी सुधा भनिने शुक्रीमार्फत दिलमनीदेवीको परिवारलाई बच्चा उपलब्ध गराएको खुलेको छ । शुक्री दिलमनीदेवीको आफन्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिवादी बनाइएकीमध्ये निर्मला डा. तपेश्वरको दिपेश मेडिकलमा काम गर्ने अनमी हुन् । उनी अस्पतालकी कर्मचारी हैनन् । तर, निर्मलाले गर्भवती युवतीलाई प्रसूति गराउन सहयोग गरेको खुलेको छ । डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) थिए । उनीमाथि त्यसअघि पनि बच्चा बिक्री गरेको आरोप लागेको छ । तर, प्रहरीले त्यसको प्रमाण भने फेला पार्न सकेन ।

(आदेशको पूर्ण पाठ)

 

Tags: #विराटनगरकारागारकारागार चलान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए
FEATURE BREAKING

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

इटहरी : नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनसम्बन्धी केन्द्रमा तीनबुँदे सहमति भएपछि कोशी प्रदेश सरकार...

हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता
समाचार

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

धरान । श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित आगामी निर्वाचनमा संगठन विस्तार र जनसमर्थन बढाउने योजना...

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३
इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार, २८ बुँदा समेटिए

भदौ २२, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भदौ २२ गते सोमबार

भदौ २२, २०८३
हर्क साम्पाङले सुनसरी क्षेत्र नं. १ मा गराए उम्मेदवारी दर्ता

श्रम संस्कृति पार्टीकाे निर्णय : २०८७ मा हर्क साम्पाङ प्रधानमन्त्री

भदौ २१, २०८३
सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

सुनसरीका विभिन्न ठाउँबाट भन्सार छलीका अवैध सामान बरामद

भदौ २१, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.