इटहरी : मोरङ र झापा जिल्लाका नदीहरूबाट अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका १० स्थितमा अवैध रूपमा ढुंगा बोकेको प्रदेश ३–०१–००३ क ५३८२ र प्रदेश ३–०१–००३ क ५३७६ नम्बरको टिपर नियन्त्रणमा लिएको छ ।
यस्तै, झापाको प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००२ त २९० नम्बरको ट्याक्टरले अवैध रूपमा बालुवा ओसारपोसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।














Discussion about this post