धरान : लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका १६ र १ नं. वडाबाट ठूलो परिणामको नियन्त्रित औषधिसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
धरान १६ स्थित कोठाभाडामा बस्दै आएका २२ बर्षीय शेर बहादुर सुनुवारलाई स्पास्पेन ३ हजार ८ सय ट्याबलेट, ट्रामाडोल ३ हजार ९ सय क्याप्सुल, ब्राउनसुगर १ बुलेट, नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान १ बाट ३३ वर्षीय सुशन श्रेष्ठलाई स्पास्पेन ३ सय ट्याबलेट र ट्रामाडोल ५ सय क्याप्सुलसहित पक्राउ गरेको हो ।
औषधिसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post