उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका ४ र ६ बाट प्रतिबन्धित औषधिसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी ४ स्थित २९ वर्षीय ईश्वर राईको घरमा खानतलासी गर्दा घरमा लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधि ट्रामाडोल १ सय ७० र डिकोलिक १ सय ६० ट्याबलेट बरामद गरेको छ ।
यसैगरी चौदण्डीगढी ६ स्थित २८ वर्षीय हिमाल खड्काको साथबाट ट्रामाडोल १ सय ४५ र डिकोलिक १ सय ४५ ट्याबलेट औषधि बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post