बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ११ स्थित प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पैदलयात्री बराहक्षेत्र १० का २३ वर्षीय ज्ञानु मगर र ३६ वर्षीय राजु उराउ रहेका छन् ।
उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्रहरीले लागूऔषध बरामद गरेको थियो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले लागूऔषध ट्रामाडोल तीन सय ट्याबलेट बरामद गरेको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post