इटहरी (डेस्क) : झापा र ओखलढुगांको छुट्टा–छुटै दुई स्थानामा सवारी दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।
झापाको भद्रपुर नगरपालिका ८ स्थित सडक खण्डमा मे ७ प ७७२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक भद्रपुर १ का ५१ वर्षीय योगप्रसाद लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ स्थित भित्री कच्ची सडकखण्डमा निशंखेबाट ओखलढुंगातर्फ आउँदै गरेको बा १५ च ८५७० नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भइ सडकदेखि अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका गाडीमा सवार सिद्धिचरण २ का ४५ वर्षीया नरमाया राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका १८ वर्षीय विवेक परियार, २९ वर्षीय मनोज कटवाल र २५ वर्षीय निरज कटवालको सामान्य उपचार पश्चात डिस्चार्ज भएको छ ।
घटनामा संलग्न गाडी चालक २६ वर्षीय शान्ताबहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय ओखलढुगांबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post