Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बच्चाका अभिभावकले पढ्नैपर्ने विद्यालयका प्रधानाध्यापकको यस्तो पत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ७, २०८०
in समाचार
0
बच्चाका अभिभावकले पढ्नैपर्ने विद्यालयका प्रधानाध्यापकको यस्तो पत्र
215
SHARES
Share on FacebookShare on Twitter

आदरणीय अभिभावक ज्यू, नमस्कार,

वडा दसैँ, शुभ दीपावली एवम छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस शैक्षिकसत्रको दोश्रो त्रैमासिक परीक्षा पनि सकिएको छ ।

मिति २०८० मंसिर ४ गतेबाट गतेबाट नियमित कक्षा सञ्चालन हुनेछ । अब मंसिर ४ गतेसम्म नानीबाबुहरू घरपरिवारमा आमा–बुबा, दिदीबहिनी, दाजुभाईसँग आफ्नो अमूल्य समय बिताउनेछन् । यो समयलाई सुन्दर र सृजनात्मक बनाउन घर परिवार पहिलो पाठशाला भएकाले बालबालिकाको मनोभावना बुझेर बालबालिका अनुकूल ‘सकारात्मक अभिभावक’को व्यवहार गर्न आग्रह गर्दछौं ।

बालबालिकाको उज्ज्वल भविष्यको लागि पढाई निकै महत्वपूर्ण विषय हो । यो विषयलाई आदरणीय अभिभावकज्यूहरुले राम्रोसँग बुझ्नु भएको कुरामा दुईमत छैन ।

तर, हाम्रा नानीबाबुहरूलाई पाठ्यपुस्तकमा आधारित भएर विद्यालयमा दिइने औपचारिक शिक्षामात्र पर्याप्त छैन । नानीबाबुहरूले जीवनमा उल्लेख्य प्रगति गर्न र सक्षम नागरिक बन्न बाल्यकालदेखि दिइने अनुशासन र मर्यादासहितको व्यवहारिक सिकाईले बलियो आत्मबल बनाउन मद्दत गर्दछ ।

अनुशासन र बलियो आत्मबल बालबालिकाको उज्वल भविष्यका लागि पहिलो सर्त हो । त्यसपछि मात्र पढाई र सिकाई आउने कुरा विभिन्न विद्वानहरूले बताउँदै आउनु भएको विषय हो । यस बिषयमा हामी शिक्षक, अभिभावकहरू गम्भीर बन्नै पर्दछ ।

आदरणीय अभिभावकहरू,

आफ्ना छोराछोरीलाई अनुशासन, मर्यादा र सत्चरित्रका विषयमा बुझ्न सहयोग गरिदिनुहोस् । तपाईँले के ख्याल गरिदिनुहोस् भने, बालबालिकाले तपाईंले भन्नुभएको कुराबाट कम र तपाईंको व्यवहारबाट बढी सिक्छन् ।

बालबालिकाको उज्वल भविष्यका लागि पढाई एकदमै महत्वपूर्ण विषय हो । तर, पहिलो महत्वपूर्ण विषय होइन । पहिलो महत्वपूर्ण विषय अनुशासन हो । त्यसपछि असल चरित्र निर्माण हो । त्यसपछि आत्मविश्वासी बन्नु हो । यसपछि मात्र पढाई आउँछ । अनुशासन, असल चरित्र र आत्मविश्वास बिनाको पढाइले असल नागरिक बन्न र जीवनमा प्रगति पथमा आशातीत सफलता पाउन गाह्रो हुन्छ ।

सकारात्मक अभिभावकको रूपमा तपाईंले बोल्नेभन्दा बढी नानीबाबुहरूलाई सुन्नुहोस् ।

नानीबाबुहरूलाई केही भन्नुभन्दाअघि आफ्नो संवेग जाँच्नुहोस् । कुनैपनि गतिविधिको सीमा निर्धारण गर्नुहोस् । तपाईँले नानीबाबुहरूबाट गर्ने अपेक्षा उमेर सुहाउँदो छ कि छैन भनेर जाँच्नुहोस् । तार्किक परिणाम मात्र भोग्न लगाउनुहोस् ।

मुख्य कुरा, नानीबाबुहरूले सिक्दैछन् भन्ने कहिल्यै नबिर्सिनुहोस् । सकारात्मक अनुशासन तथा प्रारम्भिक सिकाइको उचित वातावरण दिन सक्दो प्रयास गरिदिनुहोस् ।

यो विदामा नानीबाबुलाई सबैजनासँग स्नेहपूर्ण व्यवहार गर्नुपर्छ भन्ने कुरा व्यवहारिक रूपमा सिकाईदिनुहोस् । नानीबाबुहरूलाई कुराकानी गर्न, सरसफाइ गर्न, पोसिलो खानाको महत्व बुझ्न सहयोग गर्नुहोस ।

यी महत्वपूर्ण कुरा सिकाउन नछुटाउनुहोस्

१. घरमा सँगै बसेर खाना खाने समयमा किसानको कर्म र परिश्रमको बारेमा बुझाउँदै खाना खेर फाल्नु हुँदैन भन्ने कुरा बुझाईदिनुहोस् ।

२. आफ्नो घरमा व्यवहारिक कुराहरू जस्तैः सरसफाई गर्न, खाना खाएको प्लेट सफा गर्न, जसबाट श्रम÷कामको मूल्य बुझ्न मद्दत गरिदिनु होस् ।

३. भान्छामा आमाबाबुलाई तरकारी काट्न, फलफूल काट्न साथै पकाउन सहयोग गर्न प्रेरित गर्नुहोस् ।

४. कहिलेकाहीँ नानिबाबुहरूलाई कार्यस्थलमा लगेर तपाईंले आफ्नो परिवारको लागि कति कडा परिश्रम गरिरहनुभएको छ, बुझ्न दिनुहोस् ।

५. नानीबाबुहरूलाई प्रकृति र प्राकृतिक बस्तुहरूसँग रमाउन, पानी, माटोसँग खेल्न प्रेरित गरिदिनुहोस् । प्रकृतिमा खेलेर, अवलोकन गरेर नानीबाबुहरूले सिर्जनात्मक कुरा गर्न, वास्तविकता महसुस गर्ने अवसर दिनुहोस् । नानीबाबुहरूले अनुभव गरेका कुरा लेख्न लगाउनुहोस् ।
६. नानीबाबुहरूलाई मोबाइलबाट सकेसम्म टाढा राख्नुहोस् । मोबाइलको प्रयोग नानीबाबुहरूको स्वास्थ्यको लागि हानीकारक हुने वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् । तर, कम्युटरलगायत अन्य विद्युतीय उपकरणहरूको उचित प्रयोगबाट हुने लाभहरूबारे नानीबाबुहरूलाई बुझाइदिनुहोस् । यथासम्भव प्रयोगात्मक विधिको पनि प्रयोग गर्नुहोस् ।

७. हुर्कदै गरेका नानीबाबुहरूका लागि आलोचनात्मक रूपमा सोच्न र समस्याहरू समाधान गर्न सक्षम हुनु महत्वपूर्ण हुनेछ । तपाईंको बच्चालाई प्रश्नहरू सोध्न प्रोत्साहन गर्नुहोस् । धेरै दृष्टिकोणहरू विचार गर्न र समस्याहरू समाधान गर्न मद्दत गर्न नयाँ जानकारी र स्रोतहरू खोज्न सिकाउनुहोस् ।

८. सूचना प्रविधिको बढ्दो प्रयोगकाबीच बाबुनानीहरूलाई उद्देश्य र नैतिकताको बलियो भावना विकास गर्न मद्दत गर्नुहोस् । नानीबाबुहरूलाई उद्देश्य, नैतिकता र मूल्यहरूको बलियो भावना विकास गर्न मद्दत गर्न सकेमा मात्र बालबालिकाको भविष्यका लागि सफल आधार बनाउन सकिन्छ । यसका लागि जटिल नैतिक मुद्दाहरूबारे हुने छलफलहरूमा नानीबाबुहरुलाई संलग्न गर्न सकिन्छ ।

९. बालबालिकालाई जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, जातीय वा सामाजिक उत्पति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ भन्ने कुरा बुझ्न मद्दत गरिदिनुहोस ।

यसका लागि नानीबाबुहरूको दुई महत्वपूर्ण पाठशालाहरू घर र विद्यालयले संयुक्त रूपमा सहकार्य गर्न सक्दा मात्र बालबालिकाको उज्वल भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने अपेक्षासहित यो पत्र पठाएका छौं ।

(पौडेल इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी र्बोिर्डङ स्कुलका प्रधानाध्यापक हुन् ।)

Tags: मणिकुमार पौडेलमोडर्न प्रिपेरेटोरीविद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    301 shares
    Share 120 Tweet 75
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.