Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

वार्षिक नाटक कहिले होला सुचारु ? पर्खाइमा छन् रामपुरबासी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८०
in समाचार
0
वार्षिक नाटक कहिले होला सुचारु ? पर्खाइमा छन् रामपुरबासी
78
SHARES
Share on FacebookShare on Twitter

रामपुर (ओखलढुङ्गा) : महान् चाड बडादसैँ पर्वका अवसरमा हरेक वर्ष रामपुर गाउँ स्थित वरुणेश्वर माविको प्राङ्गणमा मञ्चन गरिँदै आइएको वार्षिक नाटक लामो समयदेखि बन्द हुँदा स्थानीय बुद्धिजीवी, कलाकर्मी, साहित्यकार र कलाप्रेमीहरुले चिन्तित भएका छन् ।

२०१८ सालदेखि सुरु भएर लगातार ४५ वर्षसम्म चलेको वार्षिक नाटक मञ्चन २०६३ सालमा बन्द भएको थियो । 

स्थानीय बुद्धिजीवी पुष्पराज दाहाल भन्नुहुन्छ, “स्थानीय अग्रजको नेतृत्वमा हामीले नै नाटक मञ्चन सुरुआत गरेका थियौँ । हामी अब वृद्ध भयौँ ।

धेरै वर्षदेखि वार्षिकरुपमा हुने कार्यक्रम बन्द भएको पनि लामो समय भयो । यस्तो महत्वपूर्ण कार्यक्रम बन्द भएकामा मलाई दुः ख लागेको छ ।” 

पूर्वशिक्षक तथा समाजसेवी बलभद्र दाहाल आफू पनि सोही पुस्ताको भएको र २०२७ सालसम्म आफूले नाटक अभिनय गरेको अनुभव सुनाउनुहुन्छ । नाटक मञ्चनको उद्देश्य के थियो भन्ने प्रश्नमा उहाँ राजनीतिक चेतना तथा शैक्षिक जागरणकै लागि नाटक मञ्चनको थालनी भएको हो भन्नुहुन्छ ।  समाजसेवी पुष्पराज दाहाल नाटक गाउँलेका लागि मनोरञ्जन दिनका गरिएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो ,“दसैँको बेला विशेष गरी नवमीको राति (बेलुका ७ देखि १२ बजेसम्म) आयोजना हुने नाटक दसैँमा सहरबाट घर फर्किने दाजुभाइहरुलाई रमाइलो गराउने महत्वपूर्ण माध्यम थियो ।”  उहाँहरु नाटक मञ्चनको व्यवस्थापन गर्न  विद्यालयका तत्कालीन प्रधानाध्यपक नन्दलाल अधिकारी र शिक्षक वासुदेव दाहालको भूमिका महत्वपूर्ण रहेको सम्झनुहुन्छ ।

“नाटकमात्र होइन, विद्यालय स्थापना र शैक्षिक उन्नयनमा प्रअअधिकारी भूमिका अविस्मरणीय छ,” पूर्व शिक्षक बलभन्द्र भन्नुहुन्छ । 

नाटक बन्द हुनका कारणमा बलभद्र र पुष्पराजको धारणा एकै छ-नयाँ र छिटो मनोरञ्जन दिने सूचना प्रविधिको विकास । नयाँ प्रविधिप्रति नयाँ पुस्ताको अति लगावका कारण उनीहरुले नाटकलाई कम महत्व दिएको उहाँहरुको तर्क छ ।

समाजसेवी बलभद्रले भन्नुभयो ,“शैक्षिक केन्द्रका रुपमा रहेको गाउँमा दसैँका बेला नाटक हेर्न रातका समयमा वारिपारिका आधा दर्जनभन्दा बढी गाउँबाट हजारौँ मानिस भेला हुन्थे ।”

कलासंस्कृतिको जगेर्ना गरी प्रतिभा प्रस्फुटन गर्न नाटक महत्वपूर्ण माध्यम हो । तर, राजनीतिक तथा शैक्षिक जागरणका हिसाबले जिल्लाकै अग्रस्थान मानिएको गाउँ रामपुरमा नाटक मञ्चन बन्द हुनु चिन्ताको विषय बनेको छ । यद्यपि नाटक मञ्चनको सुरुआती र पछिल्लो दुवै पुस्ता पुनः सञ्चालन होस् भन्ने पक्षमा छन् ।

‘सेन्सर’ पास गर्नुपर्ने नियम

प्रजातन्त्र पुनस्र्थापनापश्चात् आएको शैक्षिक लहरको सिलसिलामा सुरु भएको नाटक दलविहीन पञ्चायतकालमा पनि निरन्तर आयोजना गर्न भने त्यति सहज थिएन ।

समाजसेवी बलभद्र भन्नुहुन्छ, “नाटक (पटकथा) लेखेर प्रमुख जिल्ला अधिकारीलाई पहिल्यै बुझाउनुपथ्र्यो । त्यहाँबाट सेन्सर पास भएपछि मात्रै नाटक खेल्न पाइन्थ्यो । शिक्षक नन्दलाल अधिकारीले पनि हामीलाई एक महिना अगावै ‘अभ्यास’ गराउनुहुन्थ्यो ।” 

त्यसबेला देखाइने नाटक प्रायः धार्मिक कथामा आधारित हुन्थे । तर कतिपय अवस्थामा बहुदलको पक्षका लागि पनि नाटक खेलेको बलभद्रलाई राम्रो सम्झना छ । उहाँको समूहले २०२८ सालमा ‘पुनर्जागरण’ नामको राजनीतिक सन्देश बोकेको नाटक खेलेको उहाँ बताउनुहुन्छ । सोही वर्ष दुईओटा नाटक देखाइएको थियो । यसो गर्दा तत्कालीन प्रधानपञ्च गङ्गा दाहालले पनि सहयोग गर्नुभयो । 

नाटकलाई समावेशी बनाउन चाहे पनि महिलाको भूमिकामा महिला पात्र नै खडा गर्न ठूलो समस्या थियो । त्यसैले, पुरुषहरुले महिलाको भेषमा महिलाको भूमिका खेल्नुपथ्र्यो । महिला शिक्षामा गाउँ अगाडि भए पनि नाटकमा महिला पात्र पाउन अहिले पनि कठिन रहेको पछिल्लो पुस्ताका सक्रिय नाटक लेखक तथा निर्देशक खिलानाथ दाहाल बताउनुहुन्छ । नृत्य र सङ्गीतका लागि वाद्यवादन नहुँदा उत्तिकै अप्ठ्यारो पथ्र्यो । 
कतिपय अवस्थामा मादलले मात्रै काम चलाउनुपथ्र्यो । मादल बजाउन दलित समुदायले सहयोग गर्दथे । ब्राह्मण, क्षेत्री, आदिवासी जनजाति र दलितको संलग्नताले भने नाटक सहभागितामूलक नै हुन्थे । त्यस्तै, राति देखाइने नाटकका लागि उज्यालो व्यवस्थापन पनि चुनौतीपूर्ण नै थियो ।

घनश्याम दाहाल, बलभद्र दाहाल, पुष्पराज दाहाल, (भुसुने), लीलाबल्लभ दाहाल, बालकृष्ण दाहाल, रुद्र दाहालहरुको समूहपश्चात् पछिल्लो पुस्तामा नाटक मञ्चन जारी राख्नमा शिक्षक खिलानाथ र गाउँका युवाहरुकोे सक्रियता उल्लेख्य छ । 

वि.सं.२०३७ पछि खिलानाथ दाहालले थुप्रै नाटक लेखन तथा निर्देशन गर्नुभयो । उहाँका अनुसार वार्षिक नाटक बन्द हुनुमा केवल आधुनिक सूचना प्रविधिको प्रभाव मात्र होइन । उहाँ भन्नुहुन्छ “राजनीतिक र आर्थिकरुपमा सहयोग पाए नाटक पुनः सञ्चालन गर्न सकिन्छ । सामाजिक सहनशीलता पनि उत्तिकै आवश्यक छ ।” शिक्षक खिलानाथ दाहाल आफूले नाटकसम्बन्धी औपचारिक अध्ययन नगरे पनि नाटक पढेर, अघिल्लो पुस्ताबाट सिकेर र समाजको आवश्यकता बुझेर नाटक लेखेको, निर्देशन गरेको र अभिनय गरेको बताउनुहुन्छ ।

उहाँ पनि नाटक मञ्चनलाई ४५ वर्षसम्म अविरल सञ्चालन गर्नमा अग्रजको भूमिका विशेष रहेको स्वीकार्नुहुन्छ । यस सिलसिलामा देवमणि काफ्ले, धर्मराज अधिकारी, रामप्रसाद अधिकारीको भूमिका पनि अहम् रहेको थियो । “वरुणेश्वर माविका तत्कालीन प्रधानाध्यापक रामशरण यादवले पनि नाटक लेखन तथा निर्देशन गर्नुभयो । उहाँले पनि मलाई नाटक लेख्न र आयोजना गर्न हौस्याउनु भयो,” खिलानाथले भन्नुभयो । उहाँ नाटकको उद्देश्य राजनीतिक चेतनाभन्दा पनि शैक्षिक जागरण नै बढी भएको बताउनुहुन्छ । 

पछिल्लो समय विशेषगरी तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको बेला वार्षिकरुपमा नाटक जारी राख्न समस्या भयो । डराउँदै डराउँदै केही नाटक आयोजना गरिए, तर पूर्णरुपमा बन्द भएनन् । “मलाई २०६३ सालतिर गरिएको नाटक नै अन्तिम हो जस्तो लाग्छ,” २०६३ सालपछि नाटक पुनः सञ्चालन हुन नसकेकामा दुः ख लागेको जनाउँदै खिलानाथ भन्नुहुन्छ, “विश्वासिलो नेतृत्व, नयाँ सन्दर्भ अनुसारको नाटक लेखन तथा भौतिक पूर्वाधार, आर्थिक सहयोग, राजनीतिक सहनशीलता, विचारगत दबाबको अन्त्य र युवाको सक्रियता भए नाटक पुनः सञ्चालन गर्न सकिन्छ ।”

अनेक बाधाका बीच पनि २०३७ पछि आफूले लामो समय नाटकलाई निरन्तरता दिएको बताउने उहाँको जिकीर छ-टिकटक, फेसबुक र युट्युबले नाटक प्रतिस्थापन गर्न सक्दैन । कुनै बेला नाटकमा छोटो भूमिका खेलेका तेजप्रसाद घिमिरेले पनि खिलानाथले भने झैँ युवाहरु सक्रिय भए नाटकलाई निरन्तरता दिन सकिने बताउनुभयो ।

“नाटक लेखन र निर्देशन भए आफू र केही युवा साथीहरु अभिनयमा सहयोग गर्नेछौँ,” उहाँले भन्नुभयो । समाजको चित्रण र जागरणको माध्यम नाटक यसरी बेवास्तामा परेको कुरा एक साहित्यकारलाई जानकारी गराउँदा उहाँले पनि यस्तो सुन्दा अन्यन्त दुः ख लागेको बताउनुभयो ।  

Tags: #ओखलढुंगा#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.