मोरङ : मोरङको रङ्गेली नगरपालिका ५ सतारी टोल नजिकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
को १ प ५७५५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनवर्षी ९ का २२वबर्षीय सन्जुकुमार मण्डलको साथबाट २६० मिलिग्राम लागूऔषध ब्राउसुगर बरामद गरेको हो ।
लागूऔषध बरामद भएसँगै मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।













Discussion about this post