उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १० गैरुन कालीखोलास्थितबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार सुपौलका २७ वर्षीय जसबिन कुमार मण्डल र बिरपुर थाना १२ का २७ वर्षीय सन्तोष कुमार महतो रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कालीखोलाको नजिकै रोकेर राखेको बीआर ११ पीबी १३५५ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई राखेको अवस्थामा २७ ग्राम लागूऔषध ब्राउनसुगर र नगद एक लाख ५४ हजार फेला पारेर बरामद गरिएको हो ।
स्कारपियोसहित दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।













Discussion about this post