Sunday, July 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सप्तकोसीमा सशस्त्रले ‘डेमो’ देखाउँदै गर्दा जब डुंगा पल्टियो…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८०
in समाचार
0
सप्तकोसीमा सशस्त्रले ‘डेमो’ देखाउँदै गर्दा जब डुंगा पल्टियो…

डुंगा पल्टिएपछि उद्धार गर्न खटिएको सशस्त्र प्रहरीको टोली ।

219
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शुक्रबार उदयपुरको बेलका नगरपालिकामा पर्ने सप्तकोसी किनारमा सशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनीले गोताखोर तालिमको समापन गर्ने कार्यक्रम थियो ।

कार्यक्रम सुरु भएसँगै बाढीमा बगाएको दृश्य देखाउन सुरु गरियो । कार्यक्रमका प्रमुख अतिथिसहित अन्य आमन्त्रितहरू डेमो हेर्न केन्द्रित भए ।

त्यसैबेला ठूलो आवाजसहित नदीमा डुंगा पल्टिएको आवाजसहित कोलाहल भयो । आमन्त्रित मानिसहरू उक्त आवाज र दृश्य पनि डेमो नै भन्ने बुझे । तर, उक्त दृश्य डेमो नभएर सत्य सावित भयो ।

सुनसरीतर्फबाट कार्यक्रमस्थल आउँदै गरेका पत्रकारसहित सशस्त्र प्रहरी चढेको डुंगा नदीमा पल्टियो । तर, डुंगा पल्टिएको केहीबेरमै सशस्त्रको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ । केही घाइतेहरूलाई भने सशस्त्रले तत्काल उद्धार गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी १ नं. बराह बाहिनीले २० जना सशस्त्र प्रहरीलाई गोताखोर तालिममा सहभागी गराएको थियो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा सम्पन्न तालिमको शुक्रबार उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पर्ने सप्तकोसी किनारमा डेमो प्रस्तुत गर्दै गोताखोर तालिमको समापन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विपद्को बेला सारथी भएर उभिने तर्क गरे । उनले भने, ‘नदीलाई सदुपयोग गर्दा यसबाट लाभ लिन सकिन्छ, सही सदुपयोग गर्दा नदी जीवन हो । तर, दुरुपयोग गर्दा नदीले ज्यान पनि लिन्छ ।’

खासगरी विपद्को बेला समाजसेवी धारीले पीडित परिवार र बस्तीमा पुगेर चाउचाउ बाड्ने र फोटो खिचाउने प्रचलन रहेकाले त्यसलाई चिर्नका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । बाढी, पहिरो लगायतबाट ज्यान जान नदिनका लागि विभिन्न निकाय र जिल्लामा रहेका विपद् व्यवस्थापनसँग सहकार्य गरी काम गर्ने उनले बताए ।

‘विपद् हुनसक्ने ठाउँको नक्साकंन गरियोभने पूर्व तयारी गर्न सकिन्छ,’ उनले भने ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलकाअनुसार गत भदौदेखि तालिम सञ्चालन भएको थियो । कूल ३६ दिन भएको तालिममा सहभागीहरुले अब नदीको ७० फिट गहिराईसम्म पुगेर उद्धार गर्न सक्नेछन् । सप्तकोसीको विभिन्न भाग र पोखराको फेवातालमा तालिम सञ्चालन भएको थियो ।

देशभर हुनसक्ने विपद्का घटनामा प्रभावकारी परिचालन गर्ने उदेश्यले जनशक्ति थप गर्नका लागि नेपालमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनी पकलीले गोताखोर तालिमको अभ्यास गरेको उनले बताए ।

गोताखोर अभ्यास प्रभावकारी भएको उनको भनाइ छ । गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित स्थिर तथा निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १८० फिट गहिराईसम्म लगातार एक घण्टा खोज तथा उद्धार गर्न सक्ने उनले बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कोसीलाई अवसरको रुपमा लिनुपर्ने बताए ।

‘यो बगिरहेको पानी नभएर पैसा हो, यो पैसालाई हामीले प्रयोग गर्न सक्नुपर्छ,’ उनले धरानमा खानेपानीको अभाव रहेको संकेत गर्र्दै भने, ‘यहाँ पानी बगिरहेको छ, माथितिर खडेरी भइरहेको छ । खडेरीलाई हरियाली बनाउन पनि सप्तकोसीको पानी त्यतातिर पुग्नुपर्छ ।’

कार्यक्रममा गोताखोर तालिममा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा बेलका नगरपालिकाका मेयर अशोक कार्की, प्रदेश सरकारका सचिव डा. दीपक काफ्ले लगायतले बोल्दै विपद्को समयमा सबै निकायसँग सहकार्य गरी काम गर्ने बताए ।

Tags: सप्तकोसीसशस्त्रसशस्त्र प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
FEATURE BREAKING

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद
समाचार

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

by टाकुरा न्यूज । इटहरी
साउन ९, २०८३
0

इनरुवा : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका करिब आठ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ। प्रहरी टोली...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा १०८ ग्राम ब्राउनसुगरसहित एक पुरुष पक्राउ

साउन ९, २०८३
१ अर्ब ३१ करोडको भ्याट छली प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बियानी कारागार चलान

विराटनगर : ६० हजारभन्दा बढी करदाता, तर लक्ष्यअनुसार राजस्व उठेन

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1108 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    772 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    628 shares
    Share 251 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    600 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.