इटहरी : मोरङ र इलामको छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको चुलाचुली गाउँपालिका ५ स्थितमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ वर्षीय मनिष बराईली र २२ वर्षीय बबिन बराईलीलाई शंका लागेर चेकजाँच गर्दा ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारेसँगै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, विराटनगर महानगरपालिका १६ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेक ापैदलयात्री धरान उपमहानगरपालिका १३ का ३५ वर्षीय कुलबहादुर सुनुवारलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधि ५२ एम्पुलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १२ रोडशेषबाट विराटनगर ६ का २५ वर्षीय पिन्टु कामत, सिरहा घर भएका २२ वर्षीय जयप्रकाश पासवान र उदयपुर घर भएका २५ वर्षीय रजनीकान्त चौधरीलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका पाँचैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post