उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १६ स्थित आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
५० वर्षीया सुनमाया तामाङको हत्याको आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने ६१ वर्षीय जसबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएकी सुनमायाको मंगलबार (आज) मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post