धनकुटा : धनकुटा नगरपालिका १ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।
बुधबार राति निगालेका ३५ वर्षीय टीकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुष गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
टीकारामले श्रीमती र छोराको हत्या गरी घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
६ वर्षीया छोरी आसिकी गुरुङलाई भने छिमेकीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार टीकारामले आफ्नी छोरी छिमेकीकहाँ जिम्मा लगाएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘सिधै यसो हो भन्न सक्ने अवस्था भएन,’ उनले भने, ‘६ वर्षको नानीलाई भने छिमेकीलाई जिम्मा लगाएको खुलेको छ । तर, हत्या गर्ने, आफूले आत्महत्या गर्ने योजना थियो कि थिएन भन्ने कुरा भने पछि थाहा हुन्छ ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post