Thursday, July 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ९, २०८०
in समाचार
0
खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु
74
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको खोटाङ बजारमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु भएपछि दिक्तेल धाउनुपर्ने समस्या समाधान भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राई ‘मुक्ति’ले जानकारी दिए ।

“दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि परिचयपत्र बनाउन दुई दिन लगाएर सदरमुकाम दिक्तेल पुग्नुपर्ने अवस्था थियो । ढिलै भए पनि त्यो समस्या समाधान भएको छ ।

शुक्रबारदेखि इलाका प्रशासन कार्यालयमै नयाँ दर्ता तथा पुरानालाई वितरण कार्य सुरु भएको छ”, उनले भने, “अब फोटोसहितको मतदाता नामावली सङ्कलन र इ–पासपोर्ट (राहदानी) को काम पनि सुरु गर्ने तयारीमा छौँ । यी दुवै कामको विषयमा मन्त्रालयसँग कुरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पत्र लेख्नासाथ त्यो पनि सञ्चालनमा आउँछ ।”

स्थायी दर्ता स्टेशन सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक जना तालिम प्राप्त कम्प्युटर प्राविधिक र इलाका प्रशासन कार्यालयले करारमा थप एक दर्ता सहायक नियुक्त गरेको अध्यक्ष मुक्तिले जानकारी दिए ।

कार्यालयमा सञ्चालन गरिएको उक्त दर्ता स्टेशनको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष मुक्ति, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईलगायतको उपस्थितिमा दर्ता स्टेशन स्थापना गरिएको थियो । स्थापनाको पहिलो दिन नै १० जना स्थानीयले सेवा लिएका छन् ।

खोटाङ बजारमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा ई–पासपोर्ट भर्ने र वितरण गर्ने वातावरण मिलाउन कार्यालय फर्किएलगत्तै सम्बन्धित मन्त्रालयमा अनुरोधपत्र लेख्ने प्रजिअ सुनारले जानकारी दिए ।

उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म राष्ट्रिय परिचयपत्र र फोटोसहितको मतदाता नामावली सङ्कलनको काम घुम्ती शिविरबाहेक सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा मात्रै हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य बनाएपछि यसअघि दूरदराजका स्थानीय बासिन्दा दुई दिनसम्म लगाएर परिचयपत्र बनाउनका लागि सदरमुकाम दिक्तेल धाउन बाध्य थिए ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नामलगायतका व्यक्तिगत विवरणदेखि औँलाको छाप, आँखाको नानी, परिचयपत्र नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षरलगायत विवरण समावेश गरिन्छ ।

राष्ट्रिय परिचयपत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश गरिएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो ।

Tags: #खोटाङ#राससराष्ट्रिय परिचयपत्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

by रासस
असार ३१, २०८३
0

सुनसरी : कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको...

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा
FEATURE BREAKING

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३१, २०८३
0

इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट...

फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३
वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

वन्यजन्तुको प्यास मेटाउन भोजपुरको वनमा पोखरी निर्माण

असार ३१, २०८३
खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा तीन सयभन्दा बढी साइक्लिष्टको ‘कोरा राइड’ हुँदै

असार ३१, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित रंगेहात पक्राउ

असार ३१, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालक विराटनगरमा पक्राउ

असार ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा तीन दाजुभाइको विवादले लियो एकको ज्यान

असार ३१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.