मोरङ : मोरङ जिल्लाको दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बेलुका विराटनगर महानगरपालिका १६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री विराटनगर ५ का ३० वर्षीय राजाराम कामतलाई ५२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर ५ की २८ वर्षीया लक्ष्मी कामतको घर खानतलासी गर्दा १ किलो ३ ग्राम गाँजा बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post