विराटनगर : विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२८ प ७६७६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पक्राउ गरिएको हो ।
चालक विराटनगर २ का २४ वर्षीय अंकित घिमिरे र सोही मोटरसाइकलमा पछाडि सवार धरान १३ का २५ वर्षीय रियाज कार्कीको साथबाट लागूऔषध ब्राउनसुगर ६८ मिलिग्राम फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post