Saturday, May 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १६, २०८०
in समाचार
0
झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

120
SHARES
Share on FacebookShare on Twitter

सुन्दरहरैँचा :  पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति पुग्ने गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिझोडाको  बुढासुब्बा चोकमा बिहीबार राति हात्तीको आक्रमणबाट एक स्थानीय युवाको मृत्यु भएको छ ।

जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गर्न लागेपछि राति हात्ती खेदाएर  घर फर्किने क्रममा २५ वर्षीय  रविन खड्कालाई हात्तीले आक्रमण गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीनसिंह भण्डारीले जानकारी दिए ।

सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीले आक्रमण गरेपछि खड्कालाई उपचारको क्रममा धरान घोपाक्याम्प लागेपछि उपचारको क्रममा निधन भएको उनले उल्लेख गरे ।

हात्तीले किचेर खड्काको मृत्यु भएपछि इटहरी उपमहानगरपालिकाका  नगरप्रमुख  हेमकर्ण पौडेलले मृतकको घर पुगेर पीडित परिवारलाई रु एक लाख क्षतिपूर्ति दिने बताए । उनले थप घटना हुन नदिन रातको समयमा जिल्ला वनका वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित संयुक्त टोलीले आवश्यकअनुसार गस्ती गरिने तयारी भएको बताए ।

चारकोशे जङ्गल क्षेत्रमा हिउँदको समयमा हरेक वर्ष हात्तीको चलहपहल बढ्ने गरेकोले मानवीय तथा भौतिक संरचनामा हानी हुने गरेको स्थानीय बताउँछन् । सुनसरीको इटहरीस्थित तालतलैया, पानीपिया तथा शान्तिनगर क्षेत्रमा दजनौँ जङ्गली हात्तीको समूहले स्थानीय बस्तीमा वितण्डा मच्चाउने गरेको प्रहरीको भनाइ छ ।

सुनसरीको इटहरी २ मा हात्तीको बथान चार कोसे जङ्गलबाट गाउँ पस्न लागेपछि स्थानीय हात्ती धपाउन जुटने गरेका छन् । यहाँको राइचोक नजिक जङ्गली हात्तीले रातको समयमा एक स्थानीयको घर भत्काएर क्षति पुर्याएको छ ।

मोरङको बेलबारी नगरपालिकाको विभिन्न वडामा हात्तीले उपद्रो मच्याए पछि नगरप्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापा कोइरालालगायत जनप्रतिनिधिले अनुगमन गरेका छन् । बेलबारी–१ मा किसानले लगाएको धानबालीलगायत अन्य नगदे बालीनालीमा हात्तीको बथानले नष्ट गर्दा क्षति भएको बेलबारी नगरपालिकाका नगरप्रमुख राईले बताए ।

पाकेको धानबाली, केराखेती, सिमल तरूललगायत बालीनाली हात्तीको बथानले नष्ट गरेको उनले बताए । केही दिनयता पूर्वोत्तर मोरङका विभिन्न क्षेत्रमा हात्तीको हुल नै गाउँ पसेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् । हात्तीको हुल सुन्दरहरैँचा, बेलबारी, लेटाङ, केराबारीलगायत चारकोशे जङ्गल नजिकको बस्तीमा पसेको हो ।

छावा (बच्चा) सहितको जङ्गली हात्तीको सङ्ख्या दुई दर्जनभन्दा बढी रहेको स्थानीय बताउँछन् । बेलबारी  ११ लक्ष्मीमार्गमा राती हात्तीले दुई वटा घर भत्काएर क्षति पुर्याएको छ । रातभर बेलबारी नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले साइरन बजाएर जङ्गलतर्फ हात्ती भगाउने कोसिस गरेको स्थानीय सञ्चारकर्मी नरेन्द्र बस्नेतले बताए ।

जङ्गल क्षेत्रबाट हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी ११ लक्ष्मीमार्गको केशलिया पुलमा साँझ सडक जाम भएको थियो । हात्तीले बाटो क्रस गर्ने क्रममा सवारीधनीको भागाभाग भएको थियो ।

मङ्सिर १५ गते शुक्रबार  बिहान झापामा हात्तीको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वनमा पुगेका बेला जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको झापा प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान भै रहेको छ । साथै केही दिन अघि जङ्गली हात्तीको आक्रमणबाट झापामा एकको ज्यान गएको छ ।

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो । साँझको समयमा  शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेर निधन भएको झापा डिभिजन वन अधिकृत  मेघराज राईले बताएका छन् ।

गत वर्ष पनि मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित सुकुना सामुदायिक बनमा घाँस काट्न जाँदा जङ्गली हात्तीको आक्रमणबाट ३२ वर्षीय  सीता पराजुलीको  निधन भएको थियो । साथै गत वर्षमा नगरको त्रिवेणीचोक उत्तर जङ्गलमा  घाँस काटन जाँदा हात्तीको आक्रमणबाट ७५ वर्षीय बृद्व जयप्रसाद वास्तोला निधन भएको थियो ।

हाल सुन्दरहरैँचाको सलकपुर उत्तर तथा गछियाखोला आसपासको क्षेत्रमा दिउँसै जङ्गली हात्ती मानववस्ती तथा किसानको खेतीबालीमा पसेर आतङ्क मच्चाउने गरेको छ ।

पछिल्लो समय  मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकाको मानवस्तीमा घुमन्ते जङ्गली हात्तीले दुःख दिँदा स्थानीय तथा सरोकारभएकामा चिन्ता बढेकोले समस्याको सावधानमा पहन गर्न आवश्यक भएको जिल्लाका सहायक वन अधिकृत लालबहादुर माझीले बताए ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जङ्गली हात्तीलाई कसैले जिस्काउने तथा जथाभावी लखेटने गर्दा मान्छेमा आक्रमण गर्ने भएकोले यसतर्फ सचेत रहन आग्रह गरे । उनले हात्ती जङ्गलबाट मानव वस्तीमा प्रवेश गरेको सूचना एक अर्कामा आदानप्रदान गरेर रातमा उज्यालो बत्ती र साइरनको व्यवस्था गरिएको जानकारी दिए ।

जङ्गल नजिकको बस्तीमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्नुहुँदैन । हात्तीले स्थानीय जाँड रक्सी खान मन पराएर मान्छेलाई आक्रमण गर्न सक्छ । जिल्ला डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले भने, ‘वनजङ्गलको बीचमा हात्तीलाई सहज होस् भनेर पानीको दह तथा पोखरी निर्माण गरी फलफूलको बिरुवा रोप्नुपर्यो ।’

Tags: #रासस#हात्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा
FEATURE BREAKING

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

by अर्जुन उप्रेती
बैशाख २६, २०८३
0

वैशाख २० गते भत्केको खुम्बु आइसफल यस वर्ष झनै खतरनाक छ । हाम्रो टोली गएको ५ मिनेटपछि मे ५ को...

पूर्वी नाकाबाट कफीको आयात बढ्यो
विविध

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

by रासस
बैशाख २६, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘उत्पादनमा उपप्रमुख महाभियान’ कार्यक्रम सुरु गरिएको छ...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैशाख २६, २०८३
हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गर्दै निमाछिरिङ, १६ वर्षमै मनास्लुको चुचुरो पुगे 

बैशाख २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३
पूर्वी नाकाबाट कफीको आयात बढ्यो

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित

बैशाख २६, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानको एक होटलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

बैशाख २६, २०८३
विराटनगरमा रगतको अभाव

झापा : अस्पतालमा रक्तदान गर्न आएका व्यक्तिमा एचआइभी देखिएपछि…

बैशाख २६, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.